पाँचथरमा जलेर एक महिलाको मृत्यु

0
40

पाँचथर ।

पाँचथरको मिक्लाजुङ गाँउपालिका–७ लेखगाँउमा घर जल्दा एक महिलाको मृत्यु भएको छ ।

बुधवार विहान खरको छानो भएको भान्सा घर आगालागी हुँदा ५५ वर्षीया सरीता राईको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

भान्सा घरमा रहेकी राईको जलेर मृत्यु भएको हो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here