प्रगति महिला कृषक समूहद्वारा झुल तथा फिनाएल वितरण

0
63
अर्जुनधारा ।
डेंगी रोगको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले झापाको अर्जुनधारा–१०स्थित प्रगति महिला कृषक समूहले बुधबार झुल तथा फिनाएल वितरण गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत स्थानीयस्तरमा रहेका ज्येष्ठ एवम् विपन्न ३० जनालाई उक्त सामग्रीहरु वितरण गरेको संस्थाकी अध्यक्ष गान्धारी मिश्रले जानकारी दिइन् ।
संस्थाकी अध्यक्ष मिश्रको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि तामाङले उक्त कार्यको प्रशंसा गर्दै आगामी दिनमा नगरपालिका पनि प्रगति महिला कृषक समूहलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि तामाङसँगै टोल नं.२का उपाध्यक्ष गणेश खतिवडा, प्रभुराम पोखरेल, राजु ढुङ्गेललगायतले उनीहरुलाई उक्त सामग्री वितरण गरेका थिए ।
समूहकी सदस्य खीनमाया पोखरेलले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य सावित्रादेवी बाँस्कोटाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here