नेत्रहीनका लागि अडियो इडिटिङ तालिम

0
57

बिर्तामोड ।


नेत्रहीन युवा संघ झापाको आयोजनामा नेत्रहीनहरुका लागि अडियो बुक उत्पादन गर्ने उद्देश्यले १० दिने अडियो इडिटिङ तालिम बुधवार बिर्तामोडमा सम्पन्न भएको छ ।

साउन १४ गते शुरु भएको तालिम बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको हो । झापा नेत्रहीन संघको कार्यालयमा आयोजित तालिममा जिल्लाका विभिन्न क्षेत्रबाट आठ जनाको सहभागिता रहेको थियो ।

तालिममा छवि आलेले प्रशिक्षण प्रदान गरेका थिए । दृष्टिविहीनहरुका लागि ब्रेनलिपि लगायतका शैक्षिक सामग्रीको अभाव र त्यसमा सबैको पहुँच नपुगी रहेका बेला अडियो बुक उत्पादनका लागि तालिमले टेवा पु¥याउने बताइएको छ ।

्प्रमुख अतिथि नगर उपप्रमुख संग्रौलाले नेत्रहीनहरुको शिक्षाका लागि बिर्तामोडमा उदाहरणीय काम गरेको भन्दै झापानेत्रहीन संघको कार्यालयमा स्थापित श्रव्य पुस्तकालय सञ्चालन र व्यवस्थापनमा नगरपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने बताए । नगरको आम्दानीको स्रोत सीमित र खर्चका शीर्षक असीमित भएकाले चाहेर पनि कतिपय ठाउँमा सहयोग गर्न नसकेको भन्दै उनले नेत्रहीनहरुको शिक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापा नेत्रहीन संघका संस्थापक अध्यक्ष द्रोणाचार्य निरौला, बर्तमान अध्यक्ष यशोदा बराल, सहारा नेपालका प्रवेश रिजाल, करुणा फाउण्डेशनका अंकित पाठक, प्रशिक्षार्थीका तर्फबाट आशा लिम्बू, होमेन्द्र ढुंगेल र हरि बरालले मन्तव्य राखेका थिए । आयोजक संस्थाका अध्यक्ष दिलकुमार राजवंशीको अध्यक्षतामा भएको कार्यक्रम सचिव होमनाथ राजवंशीले सञ्चालन गरेका थिए ।

प्रशिक्षक आलेले नेपालमा छ लाख १४ हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु रहेको र त्यसमध्ये २० प्रतिशत मात्र साक्षर रहेको बताए । उनले अपाङ्गतामध्ये २५ प्रतिशत नागरिक न्यून दृष्टि र दृष्टिविहीन रहेको तर शिक्षाको पहुँचमा १२ हजार जति मात्र रहेको उल्लेख गरे । दृष्टिविहीन विद्यार्थीको पहुँचमा पाठ्यपुस्तक नहुँदा अडियो बुकले सहयोग पु¥याउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here