‘ब्रा’भित्र लुकाइएको पहेँलो धातुसहित बिर्तामोडकी एक महिला पक्राउ

0
41

झापा,

सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् ।

झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी काठमाडौंबाट पोखरा गएकाे ग १ ख ९९४४ नम्बरको बसमा सवार थिइन् । बसबाट ओर्लने क्रममा उनको शरीर तलासी गर्दा सो पहेँलो धातु फेला परेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी बेद जोशीले जानकारी दिए ।

गुरुङको छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने सो धातु र पहेँलो औँठीजस्तो देखिने रिङ अन्दाजी २८० ग्राम २९ मिलिग्राम फेला परेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here