राष्ट्रपति पौडेलसँग युरोपेली युनियनका राजदूतको भेट

0
39

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली युनियनबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली युनियनले नेपालको विकास साझेदारका रूपमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिनुभएको सो विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here