होटल ब्यवसायी संघ झापाको अधिवेशन भदौमा

0
79

बिर्तामोड ।

होटल व्यवसायी संघ झापाको १० औं अधिवेशन भदौ २२ गते हुने भएको छ ।

तीन वर्षे कार्यकाल पूरा भएसँगै १०औं अधिवेशनबाट नयाँ नेतृत्व समेत चयन हुने होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास जारी रहेको छ ।

बिर्तामोडमा हुने १०औं अधिवेशनबाट तीन वर्षे कार्यकालका लागि छनौट हुने समितिले संघको भवन निर्माण सम्पन्न संघलाई व्यवस्थित र मर्यादित बनाउँदै पर्यटन, प्रवद्र्धनलाई थप बढुवा दिने उद्देश्य रहेको बताइएको छ ।

तीन वर्षको अवधिमा होटल व्यवसायी संघले कोरोना महामारी लगायतका विषम् परिस्थितिका बीच पनि थुप्रै कामहरु गरेको महासचिव शिव पौडेलले बताए । उनले भने – ‘होटल व्यवसायीहरुलाई थप व्यवस्थित र मर्यादित बनाउनुका साथै विभिन्न व्यक्तिलाई होटल सम्बन्धी तालिमको समेत आयोजना गर्यौं ।’

होटल व्यवसाय पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिने भएकाले होटल व्यवसायलाई थप व्यवस्थित ढंगबाट अगाडि बढाउन भदौमा हुने महाधिवेशनले मद्धत पु¥याउने बताइएको छ । होटल ब्यवसायी संघ झापामा १५ सयभन्दा धेरै ब्यवसायी आवद्ध रहेको होटल ब्यवसायी संघ झापाकी कार्यालय सचिव कल्पना मिश्रले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here