लम्पी स्किन रोगबाट कृषकलाई पुगेको क्षति माग गर्दै अनेकिसंघ बुझायो ज्ञापन

0
28

उमानाथ भण्डारी
कमल ।

अखिल नेपाल किसान महासंघ कमल गाउँ कमिटीले पछिल्लो समय पशु बस्तुमा देखिएको लम्पी स्किन जस्तो महामारी रोगका कारण पशुपालक किसानलाई पुगेको आर्थिक क्षतिलाई न्यूनिकरण गर्न गाउँपालिकाको ध्यानाकर्षण गदै ज्ञापन पत्र बुझाएको छ ।

महासंघ पशुपालक किसानका सदस्यलाई समेटेर ७५३ वटै स्थानीय तहमा एकै साथ ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार कमल गाउँपालिकामा पनि शुक्रवार अखिल नेपाल किसान महासंघ झापा जिल्ला सचिव छवि गुरागाँई मार्फत कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईलाई ज्ञापन पत्र बुझाएको हो ।

गाउँपालिका अध्यक्ष राईलाई बुझाएको ९ बुँदे ज्ञापन पत्रमा लम्पी स्किन रोगलाई महामारीको रुपमा घोषणा गरिनुपर्ने, रोगका कारण पशुबस्तुमा क्षति पुगेका किसानलाई क्षतिपुर्ति र पुर्नस्थापनाको लागि पर्याप्त बजेट सहितको प्याकेज कार्यक्रम अविलम्ब घोषणा गर्नुपर्ने, रोगको नियन्त्रणकारी पर्याप्त भ्याक्सिन र प्राविधिकको व्यवस्था द्रुतगतिमा किसानलाई उपलब्ध गराउनु पर्ने , लम्पी स्किन रोग बाट मरेका पशुको वास्तविक लागत संकलन गरीनु पर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको अखिल नेपाल किसान महासंघ कमल गाउँ कमिटीका अध्यक्ष डम्बर निरौलाले बताए ।

किसान बाट ज्ञापन पत्र बुझेपछि कमल गाउँ पालिका अध्यक्ष राईले यो महामारीका रुपमा देशै भर महामारीका रुपमा फैलिएको रोग भएकोले यसको रोकथाम र नियन्त्रण गर्न गाउँपालिकाले मात्र सम्भव नहुने भएकोले प्रदेश र केन्द्र सरकारसंग समन्वय गरेर पशुपालक कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउने राईले बताए ।

कमल गाउँपालिकामा अहिले सम्ममा दुई हजार पाँच सय ५० वटा पशु बस्तु लम्पी स्किन रोग काट संक्रमित भएकोमा पाँच सय ५० वटा पशु क्रोनिक अवस्था छन् भने ७४ वटा पशु मरेको गाउँपालिका पशुसेवा शाखा दिपेन्द्र लामिछानेले जानकारी दिए ।

लम्पी स्किन रोग बाट हाल सम्ममा देशभरमा ५० हजार भन्दा धेरै गाईबस्तुको मृत्यु भएको छ भने ११ लाख गाईबस्तु संक्रमित भएका छन् जसका कारण करिब पाँच अर्ब भन्दा माथिको क्षति भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here