सेतीमा युवक बेपत्ता

0
43

बझाङ,

बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन् ।

दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा शुक्रबार साँझ माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता बम दुर्गाथली–२ मौरीबगरमा मजदुरी गर्दै आएका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here