कांग्रेस रुपान्तरणको अभियानमा

0
49

अर्जुनधारा ।

नेपाली कांग्रेस रुपान्तरण अभियान अन्तर्गत जिल्ला कार्यसमिति निर्देशन बमोजिम अर्जुनधारा नगरपालिका वडा नं. ९ को वडा सम्मेलन सम्पन्न भएको छ ।

कांग्रेसले स्थानीय तहदेखि माथिल्लो तहसम्म संगठनको सुदृढीकरण र सुदृढीकरणका लागि विचार विचारहरुको मन्थन र सुझाव संकलनको अभियानकै रुपमा झापाका आठ नगरपालिका र सात गाउँपालिका अन्तर्गतका सबै वडामा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

अर्जुनधारा वडा नं. ९ मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेका झापा जिल्ला सदस्य कृष्णमाया बडुवालले कांग्रेस तल्लो तहबाटै रचनात्मक कार्य गरेर माथिल्लो तहसम्म सन्देश पु¥याउनुपर्ने धारणा राखे । विशेष अतिथि जिल्ला सदस्य मोहन सुब्बाले संगठनको सुदृढीकरणका लागि पहिला आफू मात्रै सुधार गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

अर्जुनधारा नगर सभापति हेमराज खरेलले युवाहरुको रचनात्मक सुझावहरु नगर मार्फत केन्द्रसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै नेका क्षेत्रीय प्रतिनिधि भिष्म मिश्रले कांग्रेसले वडास्तरबाटै रचनात्मक कार्यको थालनी हुनुपर्नेमा जोड दिए ।

नेका अर्जुनधारा वडा नं. ९ का सभापति लीलाराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति सागर ढकालले स्वागत गरेका थिए भने सञ्चालन शेखर वनले गरेको रश्मीशेखर सुवेदीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here