‘प्लास्टिक सर्जरी जोखिमपूर्ण’

0
798

kalakar3

एजेन्सीर हलिउड अभिनेत्री सलमा हायकले प्लास्टिक सर्जरी गर्नु साह्रै जोखिमयुक्त काम भएको बताएकी छिन् । कतिपय सेलिब्रेटीले आफ्नो सुन्दरता निर्खान प्लास्टिक सर्जरीको सहारा लिने गरेको भए पनि आफू भने यसमा विश्वस्त नभएको बताउँछिन् ।
‘म सुन्दरताको मामलामा जोखिम उठाउन सक्दिनँ,’ ४८ वर्षीया अभिनेत्रीले भनेकी छिन्, ‘मलाई लाग्छ कि प्लास्टिक सर्जरी गराउनु ज्यादै जोखिमपूर्ण काम हो । यो साहसीले मात्र गराउन सक्छ, ममा त्यो साहस छैन ।’ आफू सुन्दरताको मामिलामा साह्रै रुढिवादी भएकाले प्रशाधन र प्रविधिको सहयोग लिने नगरेको उनले बताइन् ।
आफ्नो सुन्दरतामा गर्व गर्ने सलमाले भविष्यमा प्लाष्टिक सर्जरीको सहारा लिन सकिने तर्क गरेकी छिन् । ‘भोलिको कुरा कसलाई थाहा छ र रु तर अहिले नै म यसबारे सोच्न सक्दिनँ,’ उनी भन्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here