‘पार्टी विरुद्ध नकारात्मक प्रचार–प्रसार गर्नेहरुको अभिलेख राख्न निर्देशन’

0
59

बिर्तामोड।

नेपाली कांग्र्रेस केन्द्रीय सदस्य एवं प्रचार बिभाग प्रमुख मीन बिश्वकर्माले पार्टीका विरुद्ध नकारात्मक प्रचार–प्रसार गर्नेहरुको अभिलेख राख्न तहगत समितिहरुलाइ निर्देशन दिनुभएको छ ।

आन्तरिक विशेष अभियान २०८० अन्तरगत झापा जिल्लास्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै नेता झापाका लागि केन्द्रीय प्रतिनिधि समेत रहनुभएका बिकले यस्तो निर्देशन दिनुभएको हो ।
‘घोषणा गरेर पार्टी छोड्दा केहि असर पुग्दैन’ – नेता बि क ले भन्नुभयो– ‘पार्टीभित्रै बसेर कुप्रचार गर्ने एवं अन्य शक्तिलाई सहयोग गर्नाले पार्टी खतरामा पर्छ।’

पार्टीको नीति, कार्यक्रम र पार्टीप्रतिको प्रतिबद्धताले मात्रै संगठन बलियो हुने बताउँदै उहाँले कांग्रेस पार्टीको शब्दकोषबाट ‘बन्द हड्ताल, टायर बाल्ने, सवारी साधन जलाउने, विकास निर्माणमा अवरोध पु¥याउने, मान्छे आतंकित बनाउने, नेतृत्वको आलोचना’ जस्ता कार्य कांग्रेसको शब्दकोषबाट हटाइने बताउनुभयो । गाउँ सेवा दल गठन गरेर पार्टी कार्यकर्तालाई सामाजिक सेवामा खटाउन मातहत निकायलाई उहाँले आग्रह समेत गर्नुभयो ।

‘कांग्रेस कार्यकर्ताहरु अब स्वयंसेवी रुपमा विपद्, विकास निर्माण, जनता खुशी पार्ने काममा लाग्नुहोस्’–नेता विकले भन्नुभयो–‘जनता खुसी भए प्रजातन्त्र बलियो हुन्छ, अब जनता खुशी बनाउने काम पार्टीबाट चुनाव जितेका जनप्रतिनिधिले गर्नुपर्छ ।’ पार्टीलाई जनतासँग जोड्न र बलियो संगठन बनाउन जनप्रिय कार्यक्रम गर्न निर्वाचित जनप्रतिनिधिलाई उहाँको आग्रह थियो ।

नेतृत्व मन नपर्ने बित्तिकै गुट बनाउने प्रवृत्ति गलत भएको बताउँदै नेता विकले विधान बमोजिम पार्टीलाई विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कोशी प्रदेश समितिका सदस्य उत्तम चम्लागाईले भदौबाट समूदायमा कांग्रेस अभियान सञ्चालन हुने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै साउन २२ गतेदेखि २९ गतेसम्म निरन्तर कार्यक्रम गर्दा नेता–कार्यकर्तामा देखिएको उत्साह र सहभागिताप्रति आभार ब्यक्त गर्नुभयो ।

पार्टीका उपसभापति शेरबहादुर भट्टराइले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन उपसभापति केशवराज पाण्डेले गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेश सांसद, पार्टीका कोशी प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारी÷सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, निर्वाचित जनप्रतिनिधि तथा उम्मेद्वारहरु, विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका केन्द्रीय पदाधिकारी÷ सदस्यहरु, जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here