एक इट्टा माग्दै झापाली कलाकार बालकोटमा

0
38

झापा ।

झापाको बिर्तामोडमा निर्माण भइरहेको बहुजाती बहुभाषि बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यका कलाकारहरु एक थान इट्टा माग्दै पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पि शर्मा ओली निवास बालकोट पुगेका छन् ।

क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका परिकल्पनाकार माधब कल्पित को टोली ले वहाँ समक्ष अधुरो झापा नाटक घर को पुर्णताका लागि आबश्यक १ करोड को प्रस्तावना बुझाउदै रकम जुटाइ दिनु हुन आबश्यक पहल समेत गरेको छ ।

आम नागरिक समाज संग सडकमा एक थान इट्टा देखि १ धुर सम्मको भुमि दान सहयोग समर्पण कार्यबाट विगत केही बर्ष अघि सुरु गरिएको अभियान अहिले थोरै रकम अभावका कारण पुर्णता पाउन नसके पछि सबै संग सहयोगको अपेक्षा राख्दै आफुहरु राजधानी आइ पुगेको कुरा क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष साथै झापा नाटक घरका परिकल्पनाकार अभियन्ता माधब कल्पितले जानकारी दिनु भएको छ ।

कला साहित्य र संस्कृति संरक्षमा तपाईहरुले जिल्ला स्तरमा रहेर पनि उल्लेख योगदान पुर्याउनु भएको छ ।हामी तपाईहरुले गर्नु भएको इतिहासक कार्य को मुक्त कण्ठले प्रसंसा गर्ने मात्रै हैन मलाई बुधागत तपाईंहरुका आबश्यक माग राख्नु मैले के गर्नु पर्छ म बाट के अपेक्षा राखेर यहाँ सम्म आउनु भयो म तपाईहरुका माग र चाहना पूरा गर्ने प्रतिबद्ब हुने छु । ओलीले प्रस्तावना बुझ्दै कलाकारहरुलाइ सम्बोधन गरेको कुरा प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिनु भएको छ ।

प्रदेश नं १ भित्र बसोबास गर्ने सबै जात जाती तथा भाषाभाषी को सामुहिक अपनत्व कायम हुने गरि निर्माण हुन लागेको बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्य मध्ये पहिलो चरणमा २ करोड ५० लाखको नाट्य कला मन्दिर र सो सम्पन्न पश्चात् २५ अर्बको बहुजाती बहुभाषि बहु– साँस्कृतिक संग्रहालय निर्माण गर्ने एतिहासिक अभियान बोकेर हिडेको नाट्य प्रतिष्ठान ले अहिले एक थान इट्टा अभियान बाट २ करोडको भवन निर्माण गरि सकेको तथा १ धुर भुमि दानबाट प्रतिष्ठानको नाममा हाल सम्म १सय ४५ धुर जमिन जुटि सकेको कुरा अभियन्ता कल्पित ले जानकारी दिनु भएको छ । ५० लाख रकम अभावका कारण नाटक घर निर्माण कार्यले पुर्णता पाउन नसकी अलपत्र परेको छ । हामीले चाहेर पनि नाटक मञ्चन गर्न नसकेको अबस्थामा संघिय सरकार को समेत ध्यानाकर्षण होस भन्ने उदेश्य बोकेर सिंगो कलाकार को टोली राजधानी आएको हो ।

सो भेटमा बागमती प्रदेशका पुर्व मुख्य मन्त्री डोर प्रसाद अर्याल ,कोशी प्रदेशका पुर्व मुख्यान्त्री हिक्मत कार्की को समेत उपस्थिति रहेको थियो । झापा नाटक घरको प्रारम्भ देखिनै आफु नजिक भएर सहयोग पुर्याएको र अब आउने दिनमा पनि आफ्नो तर्फबाट उल्लेख्य सहयोग रहने कुरा कोशी प्रदेशका पुर्व मुख्य मन्त्री हिक्मत कार्कीले जनाए का थिए ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधब कल्पित उपाध्यक्ष सुजना खतिवडा ,कोषाध्यक्ष मुना प्रसाइ सल्लाहकार डिल्लीराम सिटौला ,संरक्षक माया सिटौला ,नृत्य बिभाग प्रमुख सबिता रेग्मी लगायतको टोली एक इट्टा अभियान लिएर १ हप्ता अघि राजधानी पुगेको हो ।

नाटक घर को पुर्णता पश्चात २५ अर्वको सुविधा सम्पन्न बहुजाती बहुभाषि बहु साँस्कृतिक संग्रहालय निर्माण गर्ने लक्ष्य रहेको नाट्य प्रतिष्ठान अहिले कलामन्दिर अधुरो भएर रकम अभावका कारण संञ्चालनमा आउन नसके पछि एक इट्टा अभियान लिएर राजधानी पुगेको केन्द्रीय कोषाध्यक्ष मुना प्रसाइ ले जानकारी दिनु भएको छ ।

संघिय सरकार तथा सबै राजनीतिक दलका प्रमुखहरु संग भेट गरि १ थान इट्टा माग्न प्रस्थावना सहित आएको समुहले मंगलबार ईन्द्रेणी समाज समक्ष पुग्यो । इन्द्रेणी समाजका प्रमुख कृष्ण कडेलले कलाकारहरुलाइ आफ्नो कार्यक्रममा सहभागी गराइ भब्य स्वागत सम्मानका साथ नगद रु ४१ हजार प्रदान गरेको छ भने निटक भबिश्यमा झापा नाटक घरमा पुगेर विशेष कार्यक्रम को आयोजना गर्दै १० लाख सम्मसहयोग प्रदान गर्ने घोषणा समेत गरिएको कुरा प्रतिष्ठानकी नृत्य बिभाग प्रमुख सबिता रेग्मीले जानकारी दिनु भएको हो ।

यसै गरि कलाकार को टोली बुधबार नै प्राइम टेलिभिजन को कार्यालय पुगेर ऋषि धमलालाइ भेट गर्दै १ थान इट्टा मागेको छ । वहाँ टेलिभिजन को तर्फबाट उल्लेख्य सहयोग गर्ने प्रतिबद्बता जनाउनका साथै कलाकारहरु लाई टेलिभिजन को तर्फबाट भब्य स्वागत सम्मान गरिएको थियो ।

यसैगरी ,उप सभामुख इन्दिरा राना मगरले बिहीबार कलाकारहरुलाइ मन्त्रालयमानै निमन्त्रणा दिनु भएको थियो भने सोहि दिन सभामुख ले समेत कलाकार टोलि समक्ष भेट गर्नु भएको छ । यश पछि राष्ट्रिय स्वतन्त्र पार्टी ,नेपाली काँग्रेस , प्रधान मन्त्री र महानगर प्रमुख बालेन्द्र शाह समक्ष भेट गर्ने कार्यक्रम रहेको कल्पित ले जानकारी दिनु भएको छ । नाटक घर पुर्णताको श्रोत सुनिश्चित गरेर मात्रै जिल्ला फर्कने अठोटमा रहेको नाट्य प्रतिष्ठान अहिले सिर्स्स नेता तथा राष्ट्र प्रमुख हरुकै भेट बार्तामा ब्यस्त रहेको कुरा कल्पित ले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here