तस्करी भएको काठसहित शान्तिनगरबाट दुई जना पक्राउ

0
48

झापा,

काठ तस्करीमा संलग्न भएको अभियोगमा प्रहरीले सोमवार साँझ दुई जनालाई पक्राउ गरेको छ । तस्करीको काठसहित उनीहरु समातिएका हुन् ।

पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका-४ का २४ वर्षीय सविन बिश्वकर्मा र सोही ठाउँका ३६ वर्षीय धनाहाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनबाट काठ चोरी निकासी हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो ।

प्रहरीले मे १ त ६५३८ नम्वरको ट्रयाक्टरमा लोड भएको सखुवा जातको गोलिया १६ थान अर्थात ५८.२२ क्युफिट काठ बरामद गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कार्वाहीका लागि डिभिजन वन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here