पाकिस्तान बिरोधी समुहको हमलामा ४ चिनियाँ ९ पाकिस्तानी सैनिकको मृत्यु

0
78

पाकिस्तान,

पाकिस्तानको बलुचिस्तानमा चिनियाँ इन्जिनियर बोकेको समूह माथि आक्रमण भएको छ । यसमा चिनियाँ नागरिकसहित धेरैको मृत्यु भएको छ ।

पाकिस्तानी सुरक्षा बलसँगको भिडन्तमा दुई पृथकतावादी पनि मारिएका छन् । बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ र आक्रमणमा ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ ।

यस हमलामा धेरैको मृत्यु भएको छ भने दुई पाकिस्तानी सुरक्षाकर्मी घाइते भएका छन् । आइतबार ग्वादरको फकिर ब्रिजमा हमला भएको थियो ।

यो हमला पाकिस्तानले पुष्टि गरेको छ । यसको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ । आक्रमणमा ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरिएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here