बुट्टाबारी ।

महेश्वरी महिला मञ्च मेची तथा पूजा कलेक्सन बिर्तामोडले विद्यालयका आमा समूहलाई कपडा एवम् खाद्यान्न वितरण गरेको छ ।
जुनकीरी सार्वजनिक आधारभूत विद्यालय अर्जुनधाराका–११ का २५ जना आमाहरुलाई प्रोत्साहन स्वरुप कुर्था–सरवाल, साडी तथा पेटिकोट प्रदान गरेको हो ।
नियमित आफ्ना नानिहरुलाई स्कूल समयमा ल्याउने लाने नानीहरुको भविष्यप्रति सचेत आमाहरू र विद्यालयलाई सही–सल्लाह सुझाव दिने अभिभावकहरुलाई टि–सर्ट समेत वितरण गरिएको हो । त्यसैगरी आउँदो भदौ महिनामा सरस्वती मन्दिर समेत महेश्वरी महिला मञ्च मेचीले निर्माण गरिदिने अध्यक्ष रीता चित्तलाङियाले बताइन् ।
सदैव सहयोग गर्ने महेश्वरी महिला मञ्च र पूजा कलेक्सन बिर्तामोडलाई विद्यालयको उन्नति प्रगति र विद्यार्थी अभिभावकलाई प्रोत्साहन गरेमा जुनकिरी विद्यालय तथा बन्दी सहायता नेपालको तर्फबाट अध्यक्ष जगतबहादुर मगरले धन्यवाद दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि देवलक्ष्मी कृषि सहकारी अर्जुनधाराका अध्यक्ष नरेन्द्र खड्काले मञ्चको कार्यप्रति आभार व्यक्त गरे । मञ्चकी सुधा तोसनिवाल सहकारीका सचिव हरि भण्डारी लगायतले शुभकामना व्यक्त ग रेका थिए । कार्यक्रममा स्वागत संस्थाकी कोषाध्यक्ष अम्बिका गुरुङ्गले गरेकी थिइन् भने सहजीकरण रञ्जित परियारले गरेका थिए ।






























