बिर्तामोड–३ लाई वातावरण मैत्री बनाउन तल्लिन वडाध्यक्ष मदन

0
122

बिर्तामोड ।

नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालका अधिकांश सहरदूषित भइरहेका छन् । पछिल्लो समय सहरहरु कंंक्रिडमय भन्दै गइरहेका बेला झापाको बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी वातावरण संरक्षणमा जुटेका छन् । वडालाई कसरी वातावरण मैत्री बनाउन सकिन्छ भन्ने विषयमा दिनरात खट्ने र हरेक शनिबार वृक्षरोपण अभियान नै सञ्चालन गर्दै आएका वडाध्यक्ष बुढाथोकीकै पहलमा वडाका विभिन्न स्थानमा करिब दुई हजार विरुवा रोप्ने काम सकिएको छ ।

विश्वमा दिनानुदिन औद्योगिक क्रान्ति भइरहेको छ । विकासले भने फड्को मार्दै गइरहेको छ । एकातिर भौतिक विकास गर्न प्रतिस्पर्धा छ भने अर्कोतिर वातावरणीय पक्ष बिग्रँदैछ । वातावरण संरक्षणका नाममा विकास रोक्नुपर्छ भन्ने होइन, विकासको नाममा वातावरणीय विनाश भएकोतर्फ ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष बुढाथोकीले बताए । उनले भने– ‘भविष्य बिर्सेर हामीले आजका लागिमात्रै सोच्ने हो भने ठूलो क्षति ब्यहोर्नुपर्ने हुन सक्छ ।’

प्राकृतिक रुपमा वडालाई वातावरण मैत्री बनाउन आफुले शुरु गरेको अभियानमा सम्पूर्ण वडाबासीले साथ दिएको भन्दै उनले खुशी ब्यक्त गरे । हरेक शनिबार तथा सार्वजानिक विदाका दिन कुनै न कुनै क्षेत्रमा वृक्षरोपण गरौं वडालाई स्वच्छ र वातावरण मैत्री बनाऔं भन्ने सन्देशका साथ यो अभियान सञ्चालन भइरहेको वडाध्यक्ष बुढाथोकीको भनाई छ ।

दिगो विकासका हरेक लक्ष्य जलवायु परिवर्तनसँग सम्बन्धित छ । जब जलवायु परिवर्तन हुन्छ, कृषिमा ह्रास, ऊर्वर भूमिको विनाश, भौतिक पूर्वाधार विनाश हुने र आर्थिक समृद्धिमा बाधा पुग्ने भएकाले सबैले सचेतता अप्नाउन जरुरी रहेको वातावरण क्षेत्रका विज्ञहरुको भनाई छ । वातावरणलाई ख्याल नगरे मानवको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने चिकित्सकहरुको भनाई छ ।

उनले पूर्वाञ्चलसंग कुरा गर्दै भने– बिर्तामोड–३ अब हरित वडाको रुपमा विकास भइरहेको छ । यसमा सम्पूर्णवडाबासी, युवा वर्ग, संघ–संस्था, सबै राजनीतिक दल मात्र नभई सबै कर्मचारीको साथ रहेको छ । नेपाली सेना तथा नेपाल प्रहरी सबैले आफ्नो अभियानमा साथ दिएको वडाध्यक्ष बुढाथोकीले बताए ।

म आफैं नेचर लवर हुँ भन्दै उनले भने– ‘वडाका सबै खाली स्थानमा माटो सुहाउने विरुवा रोप्ने काम गरिरहेका छौं । पछिल्लो समय बिर्तामोड कंक्रिडको सहरभन्दै गएको अब हामीले सोचेनौं भने भोलीको पुस्ताले निकै कठिन अवस्थाको सामाना गर्नुपर्छ । विकासका नाममा वातावरण मास्नुहुन्न् ।’

वडाले भौतिक विकासका कामलाई पनि अघि बढाइरहेको बताउदैं वडाध्यक्ष बुढाथोकीले नगर स्तरीय भौतिक पूर्वधारको योजना केही सम्पन्न भएको तथा केही निर्माणाधिन अवस्थामा रहेको उल्लेख गरे । उनले भौतिक पूर्वधार विकासको पहिलो आवश्यकता भएकाले भौतिक पूर्वधारमाा धेरै लगानी गरेकोे बताएका छन् । यस वडाका सञ्चालित सबै विकासका योजनाहरु उपभोक्ता र वडा वडाको सहलागतमा सम्पन्न भएका छन् । यस वडाले भौतिक पूर्वधारको विकासमा सबैभन्दा धेरै सडक निर्माणमा लगानी गरेको बताइएको छ । उनले आफ्नो कार्यकाल भरीमा विर्तामोडको वडा नम्बर ३ लाई हरित वडा बनाउने लक्ष्य राखेर काम गरिरहेको बताए ।

उनले मझौला किसिमका वृक्षहरु रोप्ने योजना रहेको तथा विषेश गरी फल लाग्ने र फूल्ने शिरिष, ज्याकाराण्ड किसिमका वृक्षहरु रोपिने जानकारी दिए । बिर्तामोड–३ मा बस्ता विरुवा रोप्न सकिन्छ भन्ने उद्धेश्यले प्राविधिक तथा वातावरणका क्षेत्रमा कार्यरत विज्ञहरुसंग पनि परामर्श लिइसकेको उनले बताए । यो अभियान आफ्नो मात्र नभएर रहेक नागरिकको अभियान भएकाले सबै वडाबासीले साथ दिएको उल्लेख गरे ।

वातावरण संरक्षलाई पहिलो प्राथमिकता दिएका उनले बिर्तामोड–३ मा रहेका ऐतिहासिक, पुरात्विक महत्वका क्षेत्रको संरक्षण गर्दै धार्मिक महत्व बोकेका क्षेत्रलाई प्रचार–प्रसार गरेर पर्यटनसंग जोड्न सके यहाँको विकास हुने विश्वास ब्यक्त गरे । उनले बिर्तामोड–३ मा रहेको विराट पोखर ऐतिहासिक महत्व, पौराणिक महत्व, धार्मिक महत्वका साथै यहाँको प्रचार गर्नसके पर्यटनसंग पनि जोड्न सकिने धारणा ब्यक्त गरे ।

उनले बिर्तामोड–३ मा रहेका आँखा अस्पतालहरुमा भारतका विभिन्न राज्यहरुबाट उपचारका लागि आउने मानिसलाई एकैछिन विराट पोखर घुम्ने वातावरण सिर्जना गर्न सके यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने धारणा ब्यक्त गरे । वडाध्यक्ष बुढाथोकीले वृक्षरोपण कार्यक्रममा सबैलाई सहभागि बन्न आह्वान समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here