सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

0
35
काठमाडौँ, 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको सुन तस्करी प्रकरणको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउपर्ने चिनियाँ नागरिकमा डीङ सेग्फा, वेन तोङ, ली–नेङकाई र टीयान मी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइने छ ।
उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । सुन तस्करी प्रकरणमा पक्राउपर्नेको सङख्या २१ पुगेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुन सहितको एक सय ५५ किलो ब्रेक शु बरामद गरेको थियो । तर यही मङ्गलबार गालेर जोख्दा ६० किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here