जङ्गली जनावरबाट हैरानी खेप्दै किसान

0
39

डडेल्धुरा,

डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ मा किसानले लगाएको मकै बाली जङ्गली जनावर बँदेल, बाँदर तथा दुम्सीले नष्ट पारेको छ ।

बुधबार जङ्गली जनावरले नष्ट पारेको मकै बालीको अनुगमन गर्न खेतमै पुगेका वडा नं २ का अध्यक्ष दिलबहादुर विष्टले बगाल र बेडपानीमा बढी क्षति पु¥याएको बताउनुभयो । बर्सेनि जनावरका कारण किसानले हैरानी खेप्नु परिरहेको जनप्रतिनिधि बताउँछन् ।

जङ्गली जनावरले मकै, भटमास र धानबारीमा र मार्सीमा व्यापक क्षति पु¥याएको छ । वडा कार्यालयका अनुसार करिब रु ५० लाख बराबर क्षति भएको छ । स्थानीय दानबहादुर साउदले हराभरा भएको खेतीपाती सखाप भएको देख्दा दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गली जनावर मारे कारबाही हुन्छ, नमारे हुलका हुल बारीमा आउँछन्, सखाप पारेर जान्छन्, के गर्ने हाम्रा लागि पहल गरिदिनु प¥यो ।”

उहाँले आफ्नो दुःखेसो पालिका प्रमुखलाई पनि सुनाएको र पालिका प्रमुख लक्ष्मी अवस्थीले बैठक बसेर केही व्यवस्थापन गर्ने आश्वासन दिएको सुनाउनुभयो । वडा नं २ कै दुर्गादेवी साउँदलाई १४ जनाको परिवार यसै खेतीको आशामा बाँचेकाले यसपालि के खाने भन्ने चिन्ता छ । पोहोर साल गाउँमै रहेका केहीलाई बँदेलले घाइते बनाएकाले पहरा दिन पनि डर छ । “खेतीपाती लगाएर उल्टो दुःख मात्रै पाइन्छ”, उहाँको दुःखेसो छ ।

साउँदका अनुसार प्रायः रातमा आएर खाने जङ्गली जनावर धपाउन महिलालाई ठूलो चुनौती छ । रातभर जाग्राम बस्दा पनि खेती बचाउन मुस्किल हुन्छ । स्थानीय गणेशबहादुर साउँदका अनुसार ५० देखि ६० रोपनी जमिनमा लगाएको सबै खेतीपाती पूर्णरूपमा सखाप भएको छ ।

तत्कालका लागि राहत र दीर्घकालीनरूपमा खेतबारीको संरक्षणका लागि सम्बन्धित निकायले पहल गरिदिनुपर्ने माग स्थानीयवासीको रहेको छ । किसानको क्षतिका बारे पालिका, कृषि ज्ञानकेन्द्र र डिभिजनल वन कार्यालयलाई मौखिक जानकारी गराएकोमा लिखितरूपमा दिने काम भइरहेको जनाइएको छ ।

जङ्गली जनावरका कारण अजयमेरु–१ समैजी, अमरगढी, गन्यापधुरा, भागेशवरका किसानले हैरानी खेप्नुपरेको छ । सरकारले स्थायी समाधानका लागि घेरबार तथा दिगो समाधान गरिदिनुपर्ने स्थानीयवासीको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here