शिवसताक्षीमा प्रमुख–उपप्रमुख विवाद सतहमा,वडाध्यक्ष कार्यवाहक मेयर, उपप्रमुखको आपत्ति

0
47

बिर्तामोड।

शिवसताक्षी नगरपालिकामा आफू जापान जाने भएपछि नगर प्रमुखले वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

नगर प्रमुख मेगाहाङ थोप्रा ‘रोशन’ले वडा नम्वर ४ का वडाध्यक्ष विष्णु प्रसाईलाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएका हुन् । उनले वडाध्यक्ष प्रसाईलाई लिखित रुपमा कार्यवाहक भई काम गर्न भन्दै सात दिनसम्मका लागि नगरप्रमुखको जिम्मेवारी सुम्पिएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई लत्याउँदै नगरप्रमुख थोप्राले वडाअध्यक्ष प्रसाईलाई कार्यवाहकको जिम्मेवारी दिएसँंगै नगर उपप्रमुख नरमाया कार्की समेत चकित बनेकी छन् । ऐनको परिच्छेद ३ को १२ मा नगर प्रमुख वा अध्यक्ष सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिन सक्ने उल्लेख छ – उपप्रमुख कार्कीले भनिन्– म हँुदा–हुँदै अध्यक्षज्यूले कार्यवाहक किन वडाध्यक्षलाई दिनुभयो म आफैं अचम्ममा परेकी छु ।

शिवसताक्षी नगरपालिकामा जापान सरकारद्वारा सञ्चालित ‘जाइका’ नामक कृषि परियोजना सञ्चालनमा रहेको छ । सोही क्रममा जापानको कृषि प्रणालीको अवलोकनका लागि नगरप्रमुख थोप्रा जापान जाने भएपछि जिम्मेवारी वडाध्यक्ष प्रसाईलाई दिएका हुन् । उनले साउन ३१ गतेदेखि लागू हुने गरी कार्यवाहकको जिम्मेवारी दिएसँंगै कार्यालयमा अनुपस्थित छन् । नगरप्रमुखको कुर्सीमा वडाध्यक्ष बसेसँंगै शिवसताक्षी नगरपालिकामा खैलाबैला भएको छ ।

नगरप्रमुख थोप्राले प्रसाईलाई कार्यवाहक दिएको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, मालपोत कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय दमक, नापी कार्यालय भद्रपुर÷दमक, जनताको तटवन्धन कार्यालय गंैडेलाई दिएका छन् । उनले भदौ ५ गतेसम्मका लागि प्रसाईलाई कार्यवाहक दिएका हुन् ।

वडाध्यक्ष प्रसाईलाई नगरप्रमुखको जिम्मेवारी दिएको सम्बन्धमा उपप्रमुख कार्कीले अनभिज्ञता प्रकट गरेकी छन् । नगरप्रमुखज्यूले त्यसो नगर्नु भएको भए हुन्थ्यो, म उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कुन आधारले उहाँले जिम्मेवारी दिनुभयो त्यो त म जान्दिँन, तर यस विषयमा धेरैले सोधेकाले उत्तर दिँदा–दिँदा म हैरान भइसकेँ ।

आफूहरु बीच हालसम्म कार्य सम्पादनमा कुनै विवाद र समस्या नभएपनि नगरप्रमुखज्यूले किन त्यसो गर्नु भयो भनेर मैले सोधेकी छैन –उपप्रमुख कार्कीले भनिन्– ‘उहाँ राम्रै कामका लागि जापान जान लाग्नु भएको छ, यात्रा सफलता र कार्य सफलताको शुभकामना व्यक्त गर्छु ।’ शिवसताक्षी नगरपालिकामा जापान सरकारद्वारा जाइका नामक कृषि परियोजना सञ्चालनमा रहेको छ र सोही परियोजनाको कामले नगरप्रमुखज्यू जापान जान लाग्नु भएको हो –उपप्रमुख कार्कीले भनिन् ।

शिवसताक्षी नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पद नेकपा एमालेले जितेको हो । तर, प्रमुख र उपप्रमुख बीच के कुरामा बेमेल भयो सो भने खुल्न नसकेको स्थानीयले बताएका छन् । उपप्रमुखलाई जिम्मेवारी नदिई वडाध्यक्षलाई दिनुले नगरप्रमुख र उपप्रमुख बीचको बेमेल छताछुल्ल भएको स्थानीयले बताएका छन् ।

यता नगरप्रमुख थोप्राले भने आफू केही समयका लागि मात्रै बाहिर रहने भएकाले वडाध्यक्षलाई जिम्मेवारी दिएको बताए । नियमअनुसार मिल्दैन थियो– नगर प्रमुख थोप्राले भने – बीचमा केही समस्या भए म फोनबाट भएपनि ‘वीथ ड्र’ गर्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here