अनुदानको रसायनिक मल विक्री वितरण गर्ने डिलरहरूको अनुगमन तथा निरीक्षण

0
56

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिका भित्र रहेका अनुदानको रसायनिक मल विक्री वितरण गर्ने डिलरहरुको अनुगमन तथा निरीक्षण गरिएको छ ।

विहीबार पथरी शनिश्चरे नगरपालिकाको स्थानीय तह मल वितरण व्यवस्थापन समितिको संयोजक एवं नगर उप–प्रमुख देविमाया काफ्लेको अगुवाईमा अनुगमन एवं निरीक्षण गरिएको हो ।

वडा नं. १० मा स्थापित सफलता लघु उद्यमी कृषि विकास सहकारी संस्था लि., अरुण बहुउश्द्दीय सहकारी संस्था र वडा नं. १० अवस्थित कुशेचौरी कृषि सहकारी संस्थामा अनुगमन एवं निरीक्षण गरिएको हो ।

अनुगमनमा वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, वडा सदस्य एवं कार्यपालिका सदस्य मिना तामाङ, मल वितरण व्यवस्थापन समितिका सदस्य सचिव सविना राई र कृषि स्नातक जुनु जिमीको सहभागिता रहेको थियो ।

डिलहरूको अनुगमन तथा निरीक्षण गर्दा केही विक्री कक्षमा प्रष्टसँग आधिकारिक संस्थाको नाम उल्लेख नगरेको, विक्री मूल्य सबैले देख्नेगरी विक्री कक्षमा टाँस नगरेको पाइएको छ । अब उप्रान्त प्रष्टसँग नाम उल्लेख गर्ने र विक्री मूल्य देख्नेगरी टाँस गर्न सुझाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here