रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पदहस्तान्तरण

0
36

बिर्तामोड ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको १० औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न सामाजिक काम गर्दै आएको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको पदहस्तान्तरण सम्पन्न भएको हो । रोटरी क्लव अफ बिर्तामोड मिडटाउन २०२३–०२४ का प्रेसीडेण्ट नवीन उप्रेती(सिद्धार्थ) को अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिस्ट्रिक गर्भनर राजेन्द्रप्रसाद धोजुको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा पूर्व डिस्ट्रिक गर्भनरहरु सन्तोष रिजाल, बासुदेव गोलियन, डीजीएन विनोद कोइराला, निर्वतमान प्रेसीडेण्ट सुमन शर्मा जमरकट्टेल, चार्टर प्रेसीडेण्ट सन्तोष अग्रवाल, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष्य जितेश अग्रवाल लगायतको आतिथ्य रहेको थियो । विभिन्न जिल्लाबाट सहभागि रोटरीयनहरुको सहभाागिता रहेको थियो ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पूर्व प्रेसीडेण्ट प्रसान्त भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका सेक्रेटरी होम कार्की, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनक पे्रसीडेण्ड नोमीनी पुष्पाञ्जली सिन्ह तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकी बोर्ड मेम्बर सुभला तामाङले तीन चरणमा गरेका थिए ।

कार्यक्रममा निर्वतमान प्रेसीडेण्ट सुमन शर्मा जमरकट्टेलले प्रेसीडेण्ट नवीन उप्रेती(सिद्धार्थ) को जिम्मेवारी हस्तान्तरण गरेका थिए । पदहस्तान्तरण लगत्तै उप्रेतीले आफ्नाो कार्यसमितिमा रहेका पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए भने रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनको पनि पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here