लम्पी स्किनबिरुद्ध भ्याक्सिन लगाइँदै

0
33

बुद्धशान्ति ।

बुद्धशान्ति गाउँपालिकामा किसानहरुले पालेको पशुमा लम्पी स्किन रोगबिरुद्धको भ्याक्सिन लगाउन थालिएको छ ।

आर्थिक विकास समितिको सिफारिसमा बुद्धशान्ति गाउँपालिका गाउँ कार्यपालिकाको साउन ३२ गतेको निर्णय बमोजिम साझेदारीमा किसानले पालेको पशुमा बुधबारदेखि लम्पी स्किन रोगबिरुद्धको भ्याक्सिन लगाउन थालिएको हो ।

पहिलो चरणमा बुद्धशान्ति वडा नम्बर १, ६ र ७ मा बुधबारदेखि खोप लगाउने कार्य शुरु भएको बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता समेत रहेका आर्थिक विकास समिति संयोजक अनिल वाग्लेले जानकारी दिए ।

बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका आर्थिक विकास समिति संयोजक वाग्लेले ती वडामा खोप लगाउने कार्य सम्पन्न भए लगत्तै बाँकी चार वटै वडाहरुमा पनि खोप कार्यक्रम चल्ने जानकारी दिएका छन् ।

पशुधन संरक्षण गर्न गाउँपालिकाले सो अभियान सञ्चालन गरिएको उनले बताए । खोप लगाउँदा प्रति पशु किसानले पचास रुपैयाँ र बाँकी एक सय १० रुपैयाँ गाउँपालिकाले व्यहोर्ने गरी कार्यक्रम शुरु गरिएको पालिकाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here