अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

0
24

दमौली,

पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।

विपद् व्यवस्थापन प्रहरी टोली, स्थानीय पालिकाको सहयोगमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका क्रममा राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here