गृहमन्त्री श्रेष्ठ विरुद्ध वीरगञ्जमा हिन्दुबादी युवाहरुद्वारा विरोध प्रदर्शन

0
29

वीरगञ्ज।

जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उदघाटन गर्न आएका गृहमन्त्री नारायण काजी श्रेष्ठ विरुद्ध हिन्दुबादी संघसंगठनले विरोध प्रदर्शन गरेका छन् ।

धरानमा गौ हत्या गर्नेलाई कारबाही गर्न ढिलाइ गरेको भन्दै वीरगञ्जका हिन्दुवादी संघसंगठन तथा युवाहरूले सरकार र गृहमन्त्री श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

आइतबार वीरगञ्जमा जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उदघाटन पुगेका गृहमन्त्री श्रेष्ठविरुद्ध युवाहरूले “गौहत्या गर्नेहरूलाई फाँसी दे”, “गृहमन्त्री मुर्दावाद”, “गृहमन्त्री राजीनामा दे” लगायत नाराहरू लगाएर विरोध प्रदर्शन गरेका थिए । गृहमन्त्री कार्यक्रम स्थल पुग्न साथ उनीहरूले नाराबाजी गरेको थियो ।

नाराबाजी लगाउने प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज १० का मुन्ना कुमार साह, वीरगञ्ज १ का विशाल कुमार, वीरगञ्ज ८ का राज गुप्ता र वीरगञ्ज ५ प्रज्वल डङ्गोललाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here