भारत–ग्रीस बीच व्यापारलाई दोब्बर बनाउने सहमती

0
20

काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ग्रीस भ्रमणको क्रममा द्विपक्षीय ब्यापारलाई दोब्बरले बनाउने सहमती भएको छ ।

भारत र ग्रीसबीच सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले वृद्धि गर्ने विषयमा सहमति भएको हो । ग्रीस भ्रमणका क्रममा यसबारे सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार द्विपक्षीय सम्बन्धलाई रणनीतिक स्तरमा विकास गर्ने विषयमा पनि दुई मुलुक सहमत भएको जनाएका छन् ।

ग्रीस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले ग्रीसका समकक्षी क्रियाकोस मित्सोताकिस सँग छलफल भएको थियो । छलफलका क्रममा दुबै मुलुकका नेताले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा चर्चा गरे ।

दुई नेताबीच रक्षा, पारवहन, विज्ञान, प्रविधि, साइबर क्षेत्र, शिक्षा, पर्यटन, संस्कृति, कृषिजस्ता क्षेत्रमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको एएनआईले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here