अस्पतालमा बेडको अभाव सगै बिरामीको चाप बढ्दै

0
27

इलाम,

इलाम अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको छ।

अस्पतालमा अहिले बेडको अभाव भएपछि अस्पतालले भुईमा सुताएर उपचार गरिरहेको छ । पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कप टाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुईमा सुताएर उपचार भईरहेको हो । डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामीको चाप बडेको कारण अस्पतालमा बेडको अभाव भएको हो ।

‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू भएका बिारमीलाई अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए पनि उपचार गरिरहेको अपतालले जनाएको छ । अस्पतालको ओपिडीमा पनि दैनिक तीन सय ७५ जनासम्म बिरामी आउनेगरेको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए ।

‘इमरजेन्सीमा जम्मा ११ वटा मात्र बेड छन् । इमरजेन्सीमै आएका बिरामीलाई बेड नपुगेपछि भुईँमै राखेर पनि सेवा दिइएको छ’ व्यवस्थापक उनले भने, ‘ओपिडीमा पनि बिरामीको सङ्ख्या बढेको कारण जसोतसो धान्नु परेको छ ।’ गत साउन महिना र भदौ १० गते सम्ममा जाँच गराउने आउने मध्ये ४१ जनामा डेङ्गु पुष्टि भएको छ ।

सोही अवधिमा २४ जनामा स्कपटाइफस देखिएको छ । यीमध्ये डेङ्गुका १० जना र स्कपटाइफसका पाँच जना बिरामी भने अस्पतालमै भर्ना भएर उपचार गराएका छन् । जिल्लामा अहिलेसम्म दुई सय तीन जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here