माओवादी अभियान वडा तहसम्म

0
23

झापा ।

‘जन–जनमा माओवादी, घर–घरमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले शनिवारबाट देशव्यापी रुपमा जनतासँग माओवादी रुपान्तरण अभियान शुरु गरेको छ ।

तीन महिना चल्ने यो अभियान वडास्तरमा चल्ने बताइएको छ । जसका लागि केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुको नेतृत्वमा वडा स्तरीय अभियान कमाण्ड टिमहरु समेत निर्माण गरिएको छ ।
निर्माण गरिएको कमाण्डले अभियान सञ्चालन गर्ने बताइएको छ ।

यसैक्रममा अर्जुनधारा–६मा जनतासंग माओवादी रुपान्तरण अभियान–२०८० सञ्चालन गरिएको छ । बाल बिकास केन्द्रमा आयोजित अभियानको उद्घाटन गर्दै पार्टीका प्रदेश सचिवालय सदस्य तथा झापा जिल्ला सह–इञ्चार्ज सीपी कडरियाले अभियानका वारेमा प्रष्ट पारेका थिए । राम घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन पदम खड्का ‘रोशन’ ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here