प्रतिबन्धित लागूऔषध सहित तीन जना भारतिय नागरिक पक्राउ

0
13

झापा ।

झापाको भद्रपुर नगरपालिका–८ बिमानस्थल छेउबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जना र कांकरभिट्टाबाट एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतिय नागरिक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ बर्षीया कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ बर्षीय कल्याण बर्मण रहेका छन् । राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण बर्मण ९८ ग्राम ९०० मिलिग्राम लागूऔषध सहित कांकरभिट्टाबाट पक्राउ परेका हुन् ।

लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here