एनआरएनएको ओसेनिया क्षेत्रीय संयोजकमा दिनेशकुमार पोखरेलको उम्मेद्वारी

0
26

अष्ट्रेलिया । 

हाल अष्ट्रेलिया बस्दै आएका व्यवसायी तथा सामाजिक व्यक्तित्व दिनेशकुमार पोखरेलले गैर आवासीय नेपाली संघ (एन आर एन ए) को ओसेनिया क्षेत्रीय संयोजक पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

उनी झापाको कनकाई नगरपालिका १ दुर्गापुरका स्थायी वासिन्दा हुन् । एन आर एन ए अन्तर्राष्ट्रिय कार्य समिति अन्तर्गत अष्ट्रेलिया , न्यूजिलेण्ड, पपूवा न्यू गिनीसमेत देशहरूलाई समेटेर एन आर एन एमा ओसेनिया क्षेत्रको ओसेनिया क्षेत्रीय संयोजकको पद रहेको छ । विगतमा विभिन्न जिम्वमेवारीमा काम गरेको अनुभवका आधारमा पोखरेलले उक्त पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

पोखरेलले गैर आवासीय नेपाली संघ (एन आर एन ए) अष्ट्रेलियाको प्रवक्ता सन् २०१३-२०१५, एन आर एन ए अष्ट्रेलिया उपाध्यक्ष र न्यू साउथ वेल्स राज्य संयोजक २०१५-२०१७, नेपाल फेस्टिभल सिड्नी संयोजक२०१५-२०१७,, एन आर एन ए सोसियल वेलफेयर फण्ड संयोजक २०१७-२०१९, एन आर एन ए अष्ट्रेलिया सल्लाहकार २०१९-२०२१, को ज़िम्मेवारी सकुशल पूरा गरिसकेका छन् ।

‘अब आऊने कार्यकाल २०२३-२०२५, को लागि एन आर एन ए अन्तर्राष्ट्रिय कार्य समिति अन्तर्गत अष्ट्रेलिया , न्यूजिलेण्ड, पपूवा न्यू गिनीसमेत देशहरू रहेको ओसेनिया क्षेत्रको ओसेनिया क्षेत्रीय संयोजक पदको लागी उम्मेदवारी घोषणा गर्दैछु’ –पोखरेलले भनेका छन्–‘सबैको माया सदा झैं रहनेमा आशावादी छु। अमूल्य सुझाव र दरिलो साथको अपेक्षा गरेको छु ।
नाइ नभन्नु ल ।’

उनी अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा हाल संरक्षक समेत हुन् । नेपालमा एन आर एन एमार्फत नेपालमा लगानी भित्र्याउन तथा विभिन्न सामाजिक अभियानमा पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here