पथरीशनिश्चरे ४ को राधाकृष्ण मन्दिरद्वारा आयोजित रथयात्रा

0
11

पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा स्थापित राधा कृष्ण मन्दिर पथरीशनिश्चरे नगर क्षेत्रको एक उपर्युक्त धार्मिक पर्यटकीय गन्तव्य समेत बन्दै गएको छ ।

राधाकृष्ण मन्दिर जस्तै दर्जनौको संख्यामा पथरीशनिश्चरे नगरपालिका क्षेत्र भित्र मठ मन्दिरहरु रहेका छन् । यिनको आ–आफ्नै महत्वहरु रहदै आएको पाईन्छन् ।

पथरीशनिश्चरे–४ मा रहेको राधाकृष्ण मन्दिरले कृष्ण जन्म जन्माष्टमीको अवसरमा रथ यात्रा निकालेको छ ।

मन्दिरले सदा झै यस वर्ष पनि महत्वपूर्ण पर्वका रुपमा स्थापित राधाकृष्णको रथयात्रा निकालेको हो । बिहिबार विहान १० बजेबाट सुरु भएको रथ यात्रामा पथरीशनिश्चरे नगरपालिका नगर उपप्रमुख देवीमाया काफ्ले, वडा नम्बर ४ का वडाअध्यक्ष लोकनाथ न्यौपाने लगायत स्थानीय श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राधाकृष्ण मन्दिरबाट शुभारम्भ भएको रथयात्रा सोमबारे बजार हुँदै शनिश्चरे बजार क्षेत्र परिक्रमा गरी पुनः मन्दिरमा आएर यात्राको विर्सजन भएको मन्दिर व्यवस्थापन समितिका सचिव रामप्रसाद न्यौपानेले जानकारी दिनुभयोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here