जङ्गलको चौतारीमा महिला अलपत्र

0
14

झापा ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चारआली जङ्गल खण्डमा एक महिला दुई महिनादेखि अलपत्र रहेकी छन् । जङ्गलमा रहेको पक्की चौतारामा उहाँको रातोदिन बास छ ।

“मङ्गोलियन अनुहारकी अन्दाजी ३५ वर्षकी ती महिला नेपाली बोल्न सक्नुहुन्छ । भारतबाट आउने कुनै गाडीबाट चारआली बजारमा उत्रिएपछि उहाँ जङ्गलको चौतारोमा लुगाकपडाको पोकोसहित बस्दै आउनुभएको हो”, सडक मानवको उद्धारमा सक्रिय अभियन्ता नरेश मोहराले भन्नुभयो, “धरान र धनकुटामा नातेदार भएको बताउने उहाँले नातेदारको अहिलेको ठेगाना र नाम बताउन सक्नुहुन्न ।”

अभियन्ता मोहराले उद्धार गरेर इटहरीको मायाघर लैजान प्रस्ताव गर्दा ती महिलाले नमानेको बताउनुभयो । उहाँ बस्दै आएको चौतारो जङ्गली हात्ती हिँड्ने जोखिमपूर्ण क्षेत्रमा रहेको छ ।

दिउँसो राजगार्गमा सवारीसाधन र बटुवा हिँड्ने गरेता पनि सो स्थानमा राति सुनसान हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here