पार्टी बिग्रनु र कमजोर हुनुको सम्पूर्ण दोष केन्द्रीय नेतृत्वले – सहमहामन्त्री परियार

0
15

मेचीनगर , नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई बदल्न केन्द्रीय नेतृत्व नै सुधारिनुको विकल्प नभएको बताएका छ्न ।
नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश “क“ सम्मेलनको शनिबार झापाको काकडभिट्टामा उद्घाटन गर्दै उनले कार्यकर्ताको कुरा नसुन्ने व्यक्ति नेता हुन नसक्ने बताए । पार्टी बिग्रनु र कमजोर हुनुको सम्पूर्ण दोष केन्द्रीय नेतृत्वले लिनुपर्ने उनको भनाइ छ ।
सहमहामन्त्री परियारले पार्टी बिग्रेको दोष कार्यकर्ताले लिन नसक्ने र त्यो उनीहरूको दायित्व नभएको उल्लेख समेत गरे । अहिलेसम्म कोषाध्यक्ष चयन गर्न पार्टी केन्द्रले नसकेको सहमहामन्त्री परियारले स्वीकारे ।
उनले भ्रष्टाचारीको जात, गोत्र, थर र कुनै लिङ्ग नहुने भएकाले कारबाही गर्नुको विकल्प नभएको बताए । “जुनसुकै व्यक्ति भएपनि भ्रष्टाचारी भ्रष्टाचारी नै हो“ उनले भने,“ भ्रष्टाचारीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन मिल्दैन ।“ उनले पार्टीमा अलगअलग धारणा र दृष्टिकोण हुने भएपनि पार्टीमा सम्श्लेषण गरेर एक बनाउनुपर्नेमा जोड दिए ।
बिपीसँग सपना थियोे, समय थिएन तर हामीसँग समय भएर पनि सपना नभएको र काम गर्न नसकेको उनको भनाइ छ । कार्यक्रममा काङ्ग्रेस कोशी प्रदेश सदस्य विमल आचार्यले देश र जनताको पक्षमा काङ्ग्रेसबाहेक कसैले काम गर्न नसक्ने दाबी गरे । चर्का, आक्रोश र अराजक कुरा गरेर काङ्ग्रेसलाई सुधार्न नसकिने आचार्यले बताए ।
महिला नेतृ तथा कोसी प्रदेश सदस्य रञ्जिता कार्कीले काङ्ग्रेसमा केही नभएको सामान्य असन्तुष्टि र निराशा मात्रै उब्जिएको टिप्पणी गरिन् । उनले पार्टीलाई पुनर्ताजगीकरण गर्नुपर्ने बताइन् ।


झापा काङ्ग्रेसका उपसभापति केशवराज पाण्डेले कम्युनिस्टले सधैँ मुलुक भाड्ने काम मात्रै गरेको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनले जग नभएको पार्टीको संज्ञा दिए ।
कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको सम्मान नभए नेता हुनुको अर्थ नहुने बताए । युवा नेताको अनुहार हेरेर पार्टी चल्दैन तर आस भत्कियो भने पार्टी पूर्णरुपमा कमजोर हुने दाबी गरे । उनले गफभन्दा बढी कर्म गर्न केन्द्रीय युवा नेतृत्वलाई सुझाए ।
झापा १ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आदर्शको कुरा गरेर संगठन मजबुत नहुने उनको तर्क छ । उनले महाधिवेशनबाटै अनुशासन समिति निर्वाचित गर्नुपर्ने सुझाव दिए ।
काङ्ग्रेस झापाका पूर्वउपसभापति राम कट्टेलले भ्रष्टाचारीलाई नजोगाउन नेतृत्वलाई चेतावनी दिए ।
काङ्ग्रेस मेचीनगर सभापति सुवेस पनेरू सङ्घीय संसदमा महामन्त्री विश्वप्रकाश शर्माले १४ हजार ६७४ मत र प्रदेशमा ६ हजार बढीले जितेको ठाउँको संगठन कमजोर नभएको बताए ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर(१ प्रदेश क का सभापति हरि बुढाथोकीको सभापतित्वमा सप्पन्न कार्यक्रममा स्वागत उपसभापति गगा कोइरालाले र संचालन सचिब इन्द्र आङ्देम्बेले गरेका थिए । सभापति बुढाथोकीले प्रस्तुत गरेको सागठनिक प्रतिबेदन सर्बसम्मत पारित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here