लामा कार्की वंश सेवा संस्था झापाको दोस्रो सभा सम्पन्न

0
21

अर्जुनधारा ।

लामा कार्की वंश सेवा संस्था झापाको दोस्रो वार्षिक साधारण सभा शनिबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

अर्जुनधारा–८ स्थित संस्थाको भवनमा अध्यक्ष मानबहादुर कार्कीको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

सभामा अध्यक्ष मानबहादुर कार्कीले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गोपाल कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी सभामा वडाध्यक्ष कुमारप्रसाद उप्रेती, संस्था कनकाईका अध्यक्ष छत्र कार्की, लामा कार्की सम्पर्क मञ्च दमकका उपाध्यक्ष धर्मसिंह कार्की, लामा कार्की समाज सेवा चन्द्रगढीका अध्यक्ष अम्बरबहादुर कार्की, भारतको सिलीगुढी निवासी खड्गबहादुर कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकी उपाध्यक्ष अञ्जना कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सल्लाहकार समितिका सदस्य खगेन्द्र कार्कीले गरेका थिए । २०७९ सालमा दर्ता भएको उक्त संस्थामा हाल ३१९ घरधुरी आबद्ध भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here