जलेश्वरको राष्ट्रिय बाल दिवस लक्षित कार्यक्रम सम्पन्न

0
16

अर्जुनधारा

झापाको अर्जुनधारा–८स्थित जलेश्वर सामुदायिक विकास केन्द्रको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

५९औं राष्ट्रिय बाल दिवसलाई लक्षित गरी सञ्चालन गरिएको उक्त प्रतियोगिता अर्जुनधारा–६स्थित बालकल्याण आधारभूत विद्यालयमा भएको हो ।

प्रतियोगितामा सहभागी २६ जना विद्यार्थीमध्ये प्रथम निष्टी राई, द्धितीय अस्मिता राई र तृतीय प्रजिला तामाङ भएका छन् ।

प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको केन्द्रकी परिचालक मञ्जु दाहालले जानकारी दिइन् ।

सोही कार्यक्रममा ज्ञानमूलक बाल श्रव्यदृश्य प्रदर्शनी गरिएको बताइएको छ । केन्द्रकी अध्यक्ष पुनम पोखरेल सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलले उद्घाटन गरेका थिए ।

केन्द्रकी सचिव इन्दिरा दाहालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन परिचालक दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here