गणिनाथ पूजा महोत्सवका अवसरमा हल्दिबारीमा पूजाअर्चनासहित कलशयात्रा

0
12

हल्दिबारी ।

गणिनाथ आराध्यदेव मान्ने धर्मालम्वीहरुको कोशी प्रदेशकै तेस्रो तथा तत्कालिन मेची अञ्चलकै पहिलो मन्दिरको रुपमा स्थापना भएको श्री श्री १००८ बाबा गणिनाथ मन्दिरमा पूजाअर्चनासहित कलश यात्रा भएको छ ।

गणिनाथ पूजा महोत्सवका अवसरमा प्रत्येक बर्ष कलश यात्रा निकालिने गरेको श्री श्री १००८ बाबा गणिनाथ समावेशी सेवा समितिका अध्यक्ष नितेश शाहले जानकारी दिए ।

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर–२ र ४ को सिमानामास्थित काजली बजारमा निर्माण सम्पन्न भएको मन्दिर तथा धर्मशालामा गणिनाथ आराध्यदेव मान्ने धर्मालम्वीहरुका कुलदेवता गणिनाथको जन्मोत्सवका अवसरमा शनिवार ९आज० पुजाअर्चनासहित कलशयात्रा निकालिएको हो ।

श्री श्री १००८ बाबा गणिनाथ समावेशी सेवा समितिको आयोजनामा मन्दिरबाट भूतेनी खोलासम्म पुगेर कलशयात्रा मन्दिरमै फर्किएको थियो । कलश यात्रामा भारतको सिलीगुडी, किसनगञ्ज, ठाकुरगञ्ज, डिगल बैंक र नेपालको उर्लाबारी, इलाम, झापा, धनुषा, महोत्तरीलगायका जिल्लाबाट करिव ३÷४ हजारवढी गणिनाथ आराध्यदेव मान्ने धर्मालम्वीहरुको उपस्थिति रहेको समितिका अध्यक्ष शाहले जानकारी दिए । गणिनाथ आराध्यदेव मान्ने धर्मालम्वीहरु हल्दिबारीमा ६० घरपरिवार रहेका छन् भने झापाभर करिव एक हजार पाँचसयवढी रहेको अध्यक्ष शाहले बताएका छन् ।


मन्दिर तथा धर्मशाला ७५ लाख १३ हजार ९६८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको अध्यक्ष शाले बताए । हल्दिबारी गाउँपालिका, हल्दिबारी ३ र ४ नम्बर वडा कार्यालयबाट ६ लाख ८९ हजार ३१०, प्रदेश सरकारबाट २२ लाख ६९ हजार ११४ र स्थानीय दाताहरुबाट संकलित २५ लाख ३२ हजार ५०५ रुपैयाँ मन्दिर र धर्मशाला निर्माणमा खर्च गरेर अपुग २० लाख २३ हजार ३९ रुपैयाँ ऋण तथा सापटी मार्फत निर्माण सम्पन्न गरेको उनले जानकारी दिए ।

मन्दिरका लागि बिभिन्न देबी देवताका मूर्ति निःशुल्क रुपमा दाताहरुबाट प्राप्त भएको अध्यक्ष शाहले बताए । त्यस्तै मन्दिर निमाणार्थ डेढ कठ्ठा जग्गा संयुक्त रुपमा उदय, उमेश, रामु, शाहले आफ्ना मातापिताको स्मृतिमा निःशुल्क प्रदान गरेका अध्यक्ष शाहले जानकारी दिए ।

२०७८ बैशाख १३ गते शिलान्यास भएर निर्माण शुरू भएको बाबा गणिनाथ मन्दिर उद्घाटनका अवसरमा समितिले धार्मिक तथा सांस्कृतिसहित बिभिन्न सामाजिक कार्य आयोजना गरेको थियो । शनिवार आज कलश यात्रासँगै मन्दिरमा गणिनाथ पूजनोत्सव हुने बताइएको छ । पूर्व उपप्रधान तथा जलस्रोत उर्जामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले बिहीवार मन्दिर तथा धर्मशालाको उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here