त्रिनेत्र बहुउद्देश्यीयको २०औं वार्षिक साधारण सभा सम्पन्न

0
15

अर्जुनधारा, झापाको बिर्तामोड–४स्थित त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
संस्था सञ्चालक समितिका अध्यक्ष केशवकुमार खड्काको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्रले उद्घाटन गरेका थिए ।
सभामा संस्थाका अध्यक्ष खड्काले वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक गणेशबहादुर रायाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी २३ लाख २६ हजार तीन सय रुपैयाँ, कोषमा ११ लाख १७ हजार नौ सय ३८ रुपैयाँ, निक्षेप एक करोड ४८ लाख ९० हजार छ सय ६६ रुपैयाँ, कर्जा लगानी एक करोड ४२ लाख ५७ हजार २१ रुपैयाँ उल्लेख गरिएको छ ।
गत आर्थिक वर्ष ०७९÷०८०मा २६ लाख ८० हजार चार सय २८ रुपैयाँ आम्दानी गरेको संस्थाले चालु आर्थिक वर्ष ०८०÷०८१मा अनुमानित ६७ लाख ४३ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।
सभामा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख विवेक डाँगी, जनमैत्री साकोसका अध्यक्ष ज्योतिसिंह दर्लामी मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका लेखापाल विवेक भण्डारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक चन्द्रदास खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here