बेलबारीबाट ब्राउनसुगरसहित पक्राउ

0
12

पथरीशनिश्चरे ।

मोरङको रंगेली नगरपालिका ४ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पथरी शनिश्चरे नगरपालिका ८ का १९ बर्षीय पर्वत लिम्बू र बेलवारी नगरपालिका ८ का २६ बर्षीय सन्दिप कार्की रहेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली ४ चोप्राहाबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १३०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here