राष्ट्रिय सूचना आयोगमा स्थानीय तहका उजुरी धेर

0
14

झापा । राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले आर्थिक वर्ष २०७९÷०८० मा सबैभन्दा धेरै स्थानीय तहसंँग नागरिकले सूचना माग गरेको बताएका छन् ।

कूल उजुरीको ७२ दशमलव शून्य ५ प्रतिशत स्थानीय तहसंँग सम्वन्धित उजुरी आयोगमा परेको आयुक्त मैनालीले बताए । जिल्ला समन्वय समिति झापाको सभाहलमा मंगलवार राष्ट्रिय सूचना आयोगले जिल्लास्थित सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा बोल्दै आयुक्त मैनालीले आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ६८ वटा उजुरी पुनरावेदन गरिएको जानकारी दिए । स्थानीय तहपछि बैंक तथा वित्तीय संस्थासंग सम्वन्धित १२ दशमलव १७ प्रतिशत उजुरी परेका छन् ।

त्यस्तै गैरसरकारी संस्थासंँग सम्वन्धित विषयमा धेरै उजुरी आयोगमा परेका छन् । राष्ट्रिय सूचना आयोगका आयुक्त मैनालीका अनुसार गैरसरकारी संस्थासँंग सम्वन्धित ४ दशमलव ५ प्रतिशत, शिक्षा, स्वास्थ्य खेलकुदसँंग सम्वन्धित २ दशमलव २३ प्रतिशत, कानून , न्याय तथा प्रशासनसंग सम्वन्धित १ दशमलव ३१ प्रतिशत, खानेपानी, विद्युत, निर्माण तथा यातायातसँंग सम्वन्धित १ दशमलव ५ प्रतिशत, संस्थान तथा प्राधिकरणसँंग सम्वन्धित २ दशमलव ७ प्रतिशत प्रशासनसंँग सम्वन्धित १ राष्ट्रिय सूचना आयोगमा स्थानीय तहका उजुरी धेरै दशमलव शून्य २ प्रतिशत, सूचना तथा सञ्चारसँंग सम्वन्धित शून्य दशमलव ६ प्रतिशत र जग्गा जमिन , मालपोत वन तथा कृषि संग सम्वन्धित १ दशमलव ७७ प्रतिशत उजुरी परेको र पुनरावेदन गरिएको कार्यक्रममा जानकारी दिइयो ।

सूचनाको हक संवैधानिक र कानूनी रुपमा व्यवस्था भएको नागरिकको अधिकार भएकाले नागरिकले मागेको सूचना जतिसक्दो चाँडो उपलव्ध गराउन समेत आयुक्त मैनालीको आग्रह थियो । त्यस्तै आयोगका उपसचिव रामप्रसाद ढकालले नेपालमा सूचनाको हकको अभ्यासका विषयमा प्रष्ट्याउँदै सार्वजनिक निकायले नागरिकको सूचनाको हकको अधिकारलाई उच्च सम्मान गर्नु पर्ने बताए । उनले सार्वजनिक निकायले प्रत्येक तीन–तीन महिनामा २० वुँदे स्वतः सूचनाहरु प्रकाशन गर्नु पर्ने बताए । ग्लोवल आरटीआई रेटिङमा नेपालको स्थान १३६ मा २३ औं स्थानमा रहेको ढकालको भनाइ छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहभागीका तर्फबाट झापा गाउँपालिकाका पूर्णचन्द्र मैनाली, नागरिक अभियन्ता लक्ष्मण बस्नेत, सूचनाको हक सम्वन्धि अभियन्ता ईश्वरा तिवारी, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, इलाका प्रशासन कार्यालय गौरीगञ्जका चूडामणि आपागाँई, पत्रकार मोहनकाजी, अम्विका भण्डारी, चिरञ्जीवी घिमिरे, प्रदीप परियार लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन आयोगकी कर्मचारी शर्मिला सुवेदीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here