पृथ्वी साकोसको ११ औं सभा

0
15

सुरुङ्गा ।

झापाको कनकाई —३ स्थित सुरुङ्गामा रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

समग्र आर्थिक व्यवस्थापनका आधारमा यस क्षेत्रकै उत्कृष्ट सहकारीका रूपमा स्थापित पृथ्वी सहकारीमा हाल पनि १ करोड ३ लाख १६ हजार ८ सय ४३ रुपैयाँ जगेडा कोषमा रहेको यो संस्था सहारा नेपालसँग एकीकरण गर्ने निर्णयमा पुगेको हो ।

आर्थिक पारदर्शीता एवं सुशासन कायम रहेको पृथ्वी सहकारी आफैमा अब्बल दर्जाको संस्था भएकाले अन्य जुनसुकै सहकारीसँग समन्वय नगरी सहारा नेपाल साकोससँग एकीकरणमा जाने निर्णय भएको संस्थाका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए ।

खुल्ला अर्थतन्त्र अनि प्रविधिमैत्री वातावरणमा अघि बढ्नु आजको आवश्यक्ता भएकाले संस्था सहज रुपमै अघि बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसको अवतरणलाई सहज बनाएको संस्थाका अध्यक्ष पोखरेलले बताए ।

यो असहज परिस्थितीमा समेत संस्थाले आफ्ना सदस्यहरूलाई १८ प्रतिशत शेयर लाभांश वितरण गर्न लागेको जानकारी दिदै अध्यक्ष पोखरेलले पृथ्वी सहकारी संस्था अब सहारा सेवा केन्द्र सुरुङ्गा (ख) को नामबाट संचालनमा आउने बताए ।

संस्थामा आबद्ध सम्पूर्ण शेयर सदस्यहरूलाई बिचल्ली नभई सहारासँगको सहकार्यमा अघि बढ्न अनुरोध गर्दै अध्यक्ष पोखरेलले पृथ्वी सहकारीले दिएको सेवा भन्दा सहाराको सेवा सुविधा थप आकर्षक हुने प्रतिवद्धता जनाए ।

अध्यक्ष पोखरेलको सभापतित्व एवं कनकाई–३ का वडाअध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको कार्यक्रम सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष पोखरेलले संस्थाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आजभन्दा ठीक ११ वर्षअघि २०६९ को माघ २१ गतेदेखि स्थानीय केही सक्रिय युवाहरूको पहलमा सुरुवात गरिएको पृथ्वी सहकारी संस्थाले औपचारिक रूपमा संस्था सञ्चालनमा ल्याएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

सदस्यहरूको दिगो विकास तथा सामाजिक उत्तरदायित्व ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने मूल मान्यताबाट अभिप्रेरित भएर नै संस्था अघि बढेको बताउँदै अध्यक्ष पोखरेलले सहकारीका माध्यमबाट सामाजिक रूपान्तरणमा समेत सक्रिय रहँदै सहकारीले सामाजिक उत्तरादयित्व निर्वाह गरिरहेको बताएका छन् ।

साधारण सभाको अवसरमा विभिन्न विधामा संस्थाका उत्कृष्ट सदस्यहरु सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ताका रूपमा पुरुषतर्फ कनकाई –३ का नारायणप्रसाद कट्टेल रहेका छन् । त्यस्तै उत्कृष्ट बचतमा महिलातर्फ नमिता पोखरेल रहेकी छन् । उत्कृष्ट ऋणीमा पुरुषतर्फ कनकाई—३ निवासी धर्मराज प्रसाईँ र महिलातर्फ कनकाई –७ की मिरादेवी सहनी रहेका छन् । त्यस्तै ज्येष्ठ नागरिकतर्फ कनकाई— ३ निवासी भगिरथा सिटौला सम्मानित भएकी छन् ।

जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खनाल सुवेदीको विशेष आतिथ्य रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष एल.पी. उप्रेतीको स्वागत रहेको थियो । सचिव शिवकुमार कडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here