स्काउटको वक्तृत्वकला

0
12

चारआली।

दोश्रो मेचीनगरस्तरीय अन्तरबिद्यालय स्काउट दल, बक्तृत्वकला प्रतियोगिता बुधवार धुलाबारीमा सम्पन्न भएको छ ।

बिद्यार्थी जीबनमा स्काउटिङको महत्व विषयक सो प्रतियोगितामा मेचीनगरका क्षेत्रका २० जना छात्र–छात्रा सहभागी थिए ।

प्रतियोगितामा बराबर अंक प्राप्त गरी दुईजना प्रथम भएका थिए । एमिटी बोर्डिङ स्कूलका जेनिस भट्टराई र तारापञ्ज स्कूलकी कृतिका आचार्य प्रथम भएका थिए । त्यस्तै सरस्वती बालकल्याण माबि की निशा भारती दोस्रोे र आदर्श माबिका दीपेश राउत तेस्रा भएका थिए ।

नेपाल स्काउट मेचीनगर तदर्थ समिति संयोजक रीता थापाको सभापतित्व एबम् धुलाबारी माबिका प्रअ महेन्द्रबिलाश लुइँटेलको प्रमुख आतिथ्यमा भएको थियो । वक्तृत्वकलाको मूल्यांकन राष्ट्रिय प्रशिक्षक शिबकुमार पौडेल र आदर्श माबिका पूर्व प्रअ हेमकुमार खड्काले गरेका थिए ।

सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राइले स्वागत गरेको कार्यक्रम राष्ट्रगान र स्काउट गीतबाट प्रारम्भ भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here