अखाद्य माछाहरु अवैधरुपमा नेपाल भित्राउने कार्य रोकिएन

0
14

अर्जुनधारा ।

सम्बन्धित निकायको बेवास्ताका कारण तस्करहरुले भारतबाट अखाद्य माछाहरु अवैधरुपमा नेपाल भित्राउने कार्य रोकिएको छैन ।

सम्बन्धित निकायसँगै स्थानीय सरकारहरुले पनि बजार अनुगमनमा चासो नदिँदा विभिन्न चाडपर्वको मौका छोपेर ठूलो परिमाणमा नेपाली बजारमा भित्रिने यस किसिमको अखाद्य माछाहरु उपभोग गर्न उपभोक्ता बाध्य भएका छन् ।

यसैबिच सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेका प्रहरी सहायक निरीक्षक सिकेन्द्रप्रसाद कुँवर नेतृत्वको मोवाइल गस्ती टोलीले बिहीबार कनकाई नगरपालिका–७स्थित दुर्गापुर चौकबाट दिँउसो १ बजे १२० केजी माछा बरामद गरेको छ ।

प्र१–०१–०१६प ९३१ नम्बरको मोटरसाइकलमा चार वटा झोलामा लोड गरि ल्याउँदै गरेको अवस्थामा मोवाइल गस्ती टोलीलाई देखेपछि चालक भने फरार भएको बेसका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश्वरप्रसाद शाहले जानकारी दिए ।

बरामद गरिएको रहु प्रजातिको माछाको अनुमानित बजार मूल्य ४८ हजार रुपैयाँ रहेको छ । पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रतिनिधि, शनिश्चरे प्रहरी चौकी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयको उपस्थितीमा अर्जुनधारा–६स्थित बेस परिसरभित्र खाल्डोमा पुरेर माछाहरुलाई नष्ट गरिएको र मोटरसाइकललाई सम्बन्धित निकायमा अनुसन्धानको लागि पठाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here