हचुमासाका २७ जना महिलालाई ढाका बुन्ने तान

0
18

अर्जुनधारा,

समूहका महिला उपभोक्ताहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउने उद्देश्यले झापाको अर्जुनधारा–१स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहले निःशुल्क ढाका बुन्ने तान वितरण गरेको छ ।

समूहको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्ष ०७९ / ०८०को बजेट अन्र्तगत गरिबी निवारण कार्यक्रममार्फत् २७ जनालाई उक्त तान वितरण गरिएको समूहका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंले जानकारी दिए ।

त्यसैगरी समूह अन्र्तगतको ३० वटा टोलबाट छनौट भएका उनीहरुलाई समूहले यस अघि तीन महिने तालिम र एक हप्ताको प्रशिक्षण प्रदान गरेको समूहका सहसचिव देउकुमार नेम्वाङ“विकास”ले बताए ।

समूहका अध्यक्ष प्रसाईंको अध्यक्षता र वडा सदस्य दीनेशकुमार घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि श्रीप्रसाद नेपाल, नेपाली काँग्रेसका प्रतिनिधि मदन ढकाल, नेकपा माओवादी केन्द्रका प्रतिनिधि रुद्रकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि ख्याम चापागाईं, राष्ट्रिय जनमुक्ति पार्टीकी प्रतिनिधि कविमाया बुर्जा मगर, पूर्व अध्यक्ष वीजेन्द्रकुमार एक्तेन, टोल प्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रममा वन संरक्षण, विधान संशोधन, कार्ययोजना निर्माण र वन इन्भेन्ट्री, वन पैदावार संकलनका लागि आवश्यक खर्च व्यवस्थापनलगायतका विषयमा छलफल भएको बताइएको छ । समूहका उपाध्यक्ष सन्तबहादुर मगरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव नेम्वाङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here