मोरङ ।
मोरङको बुढिगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको छ ।
बिजुलीको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।