विन्ध्यावासिनीको हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

0
12

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ भाङबारीस्थित विन्ध्यावासिनी सिंहदेवी मन्दिर व्यवस्थापन समितिको आयोजनामा शनिबार हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

मन्दिरको सभाहलमा समितिका अध्यक्ष मनोज जोशीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व शिक्षक सन्तनु ढकालले उद्घाटन गरेकी थिइन् ।

सोही कार्यक्रमको अवसरमा ज्येष्ठ सदस्यतर्फ नेत्रप्रसाद ढकाल र पवित्रादेवी शिवाकोटी तथा असल बुहारीतर्फ नरमाया प्रसाईं र विष्णुमाया पराजुलीलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले तीज पर्वको महत्व बारे जानकारी गराएको कार्यक्रममा वडाध्यक्ष अम्बरबहादुर कटुवाल, सामाजिक व्यक्तित्व खेम काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रममा अर्जुनधारा–७स्थित डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाम महिला समूह, स्थानीय अर्जुनधारा माध्यमिक विद्यालयका विद्यार्थीलगायतका संघ–संस्थाहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

समितिका उपाध्यक्ष प्रेमबहादुर कार्कीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव एकदेव खनाल र कोषाध्यक्ष चिरञ्जिवी शिवाकोटीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here