खाली हात चीन जाँदै प्रचण्ड, देशकै अपमान हुने चिन्ता

0
9

काठमाडौं,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनी अमेरिकामा असोज ५ गतेसम्म रहनेछन् । उनी असोज ५ गते त्यतैबाट चीनतर्फ प्रस्थान गर्नेछन् । उनी चीनमा आठ दिनसम्म रहनेछन् ।

उनले दुई दिन आकाशमै समय बिताउनेछन् । अमेरिकाभन्दा बढी महत्व प्रचण्डले चीनलाई दिएका छन् । सोही कारण उनी आठ दिनसम्म चीनमा रहनेछन् । तर चीन भ्रमणमा जाने एजेन्डा उनले केही पनि बनाएका छैनन् ।

राष्ट्रसंघमा उठाउने एजेन्डा उनले दुईवटा बनाएका छन् । चीन जाँदा भने शून्य एजेन्डा छ । भ्रमणको कुनै एजेन्डा तयार पार्न नसकेको भन्दै उनको आलोचना भएको छ । प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका उनले ६ गते चीनका राष्ट्रपति सीसँग भेट्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्डले चीनका प्रधानमन्त्री लि छ्याङलाई भने बेइजिङमा भेट्ने बताए ।

‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘चिनियाँ समकक्षी लि छ्याङसँग असोज ८ गते बेइजिङमा भेट हुनेछ ।’

प्रचण्डको अमेरिका प्रस्थान गर्ने र चीनबाट नेपाल फर्कने बेलाको अन्तिम तयारी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय गौचरको मिटिङ हलमा बसेको बैठकले सम्पूर्ण सुरक्षाको समीक्षा गरेको छ ।

शनिबार बेलुकी ६ः४० देखि सवा ६ बजेसम्म काठमाडौं विमानस्थलबाट हुने सम्पूर्ण उडान र अवतरण रोकाइएको थियो।

उनी चीनको औपचारिक भ्रमणपछि फर्कने असोज १३ गते बिहान १०ः५५ देखि साढे ११ बजेसम्म पनि काठमाडौंको आकाशमा उडान निषेधित गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here