न्यू गोर्खाली पाउरोटी उद्योगद्वारा कर्मचारी सम्मानित

0
10

पथरीशनिश्चरे, 

मोरङको पथरी शनिश्चरे ०१ मा रहेको न्यू गोर्खाली पाउरोटी उद्योगद्वारा विश्वकर्माको अवसरमा विविध कार्यक्रमहरूको आयोजना गरेको छ।

मंगलबार वि. सं.२०५० मा स्थापित सो उद्योगले बांसेचौरीमा विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो । सोमबार पुजाआजा गरिएको विश्वकर्मा बाबाको मुर्ति आज विसर्जन गरीनुका साथै वनभोज तथा कर्मचारी सम्मान कार्यक्रम गरिएको थियो।

उद्योगका प्रोप्राइटर राधा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योग संचालक तुलसी ढकालले पाउरोटी उद्योग स्थापना भएको ३० औं वर्षको अवधिसम्म आईपुग्नुमा कर्मचारीहरूको विशेष साथ र सहयोग रहेको बताउनुभयो।

उहाँले सो अवसरमा उद्योग स्थापना कालदेखि नैं निरन्तर काम गर्दै आएका पुराना कर्मचारी पदम श्रेष्ठ, सेल्समेनद्वय देवि दंगाल र राम भट्टराई, १ वर्ष भरीका ईमान्दार कर्मचारी संचिता नेपाली र आनन्द लामालाई अबिर , दोसल्ला तथा नगद सहितले सम्मानित गर्नुभएको थियो।

उद्योगका संचालक रोशन ढकाल, लोकेन्द्र भट्टराई, लगायत अतिथिहरूको उपस्थिति रहेको सो कार्यक्रममा प्रतियोगितात्मक नृत्य तथा अन्य विभिन्न मनोरञ्जनात्मक खेलहरू पनि संचालन गरि पुरस्कृत गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here