नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटी तत्काल सच्याउनु पर्छ : संविधानविद्व आचार्य

0
8

काठमाडौं ।

संविधानविद् एवं पूर्वराजदुत निलाम्वर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटीलाई तत्काल सच्याउनुपर्ने बताउनुभएको छ ।

आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो विराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समिक्षा र संविधानकै समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो ।

मंगलबार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले सबैको भावनालाई समेटर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउनसक्ने क्षमता भएका सुवाष नेम्वाङको निधनले ठूलो क्षति पुर्‍याएको बताउनुभयो ।

उहाँले सुवाषचन्द्र नेम्वाङकै कारण दोस्रो संविधान सभाले नेपालको संविधान निर्माण गर्न सकेको दाबी समेत गर्नुभयो । संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानूनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताउनुभयो ।

उहाँले नेम्वाङले अरुको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गर्नुभएको पनि स्मरण गर्नुभयो । आचार्यले नेम्वाङजस्तो देशले सम्मान गरेका नेताको भुमिका पाएको भन्दै एमालेलाई भाग्यमानी पार्टीको रुपमा चित्रण गर्नुभयो ।

त्यस अवसरमा संविधानविद् आचार्यले नेम्वाङलाई राष्ट्रपतिको रुपमा समेत नेपाली जनताले हेर्न चाहेको समेत बताउनुभएको थियो । ईमेजखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here