ईटहरीको एक सुधार केन्द्रमा भुटानी शरणार्थी युवाको मृत्यु

0
12

पथरी शनिश्चरे,

पथरीशनिश्चरे भुटानी शरणार्थी सिविरका एक युवाको सुधार केन्द्रमा मृत्यु भएको छ ।

इटहरी हलगढास्थित जागरण आरोग्य समुह नेपाल नामक सुधार केन्द्रमा राखिएका पथरी शनिश्चरे सिविर क्याम सेक्टर सि वान हट नम्बर ५६ का बर्ष ३१ का दल बहादुर सार्कीको मृत्यु भएको हो।

सार्कीलाई गएको चैत्र महिनादेखि सो सुधार केन्द्रमा राखिएको थियो। गत मंगलबार राति नै बिमारी भएको कारण परिवारलाई सम्पर्क गरी ति युवक सार्कीलाई विराटनगरस्थित नोबेल अस्पतालको भ्यान्टिलेटर वार्डमा भर्ना गरिएको थियो। भोलिपल्टै बुधबार सो अस्पतालबाट निजको मृत्यु भएको भन्दै डिस्चार्ज गरेर सुधार केन्द्रले एम्बुलेन्स प्रयोग गरि मृतक सार्कीको शवलाई बुधवार परिवार र आफन्तलाई घरमा जिम्मा दिएको थियो ।

हिजै उनको शवलाई पोष्मार्टमको लागि मदन भण्डारी ट्रमा सेन्टरको शव गृहमा लगिएको छ । उनको पोस्टमार्टम आज बिहान १० बजे हुने क्याम सचिव करण चाम्लिङले जानकारी दिनुभयो । सोहि सुधार केन्द्रमा पथरी क्यामको अन्यलाई पनि राखिएको छ ।

‘मृतक सार्कीको शरीरमा चोटपटक देखिएको र नाकबाट रगत बहेको देखिएको भन्दै निज सार्कीको के कारणले मृत्‍यु भयो भन्ने कारणबारे अहिले खुलेको छैन । घटनाको पूर्ण जानकारी पोषटमाटम रिपोर्ट आए पछि थाहा हुनेछ ।’ पथरीशनिश्चरे १० का शिविर व्यवस्थापन समितिका सचिव चाम्लिङले जानकारी दिनुभयो।

सोहि क्रममा ईलाका प्रहरी कार्यालय पथरीले मृत सार्कीको घरमा शवको सर्जिविन समेत उठाएको स्थानियले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here