संविधान दिवसको पारेर कानेपाेखरीमा विपन्नलाई नयाँ घर

0
11

कानेपोखरी,

संविधान दिवसको अवसर पारेर मोरङको कानेपोखरी गाउँपालिकाले थप ८ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गरेको छ ।

५१ लाख ६२ हजार ८६८ रुपियाँमा कानेपोखरी गाउँपालिकाले बेलबारीको ओजस कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो।सो निमार्ण कम्पनीले निर्धारित मिति २०८० असार २० अगाबै निर्माण सम्पन्न गरेको थियो।

नयाँघर प्राप्त गर्नेहरूमा कानेपोखरी–२ का सङ्गीता उराव र रेखा मल्लिक,वडा नं. ३ की भरवती राजवंशी,कमली चौधरी र फागुलाल उराव हुनुहुन्छ । यस्तै वडा नं. ५ का उत्तम विश्वकर्मा र विश्वेश्वर चौधरी हुनुहुन्छ । घरमा बस्ने एक परिवार छनौट हुन बाँकी रहेको पालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताउनु भयो ।

त्यसैगरी, गाउँपालिकाले अति विपन्न ऋषिदेव समूदायका ३० परिवारलाई उनीहरू बसेकै स्थानमा नयाँ घर निर्माण गरिरहेको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत पालिकाले वडा नं.३ को राजगञ्जका अति विपन्न ऋषिदेव(मुसहर) समूदायको घर निर्माण गरिरहेको हो ।

उक्त पालिकाले गत वर्ष पनि संविधान दिवसकै अवसर पारेर ६ परिवारलाई सुरक्षित आवास प्रदान गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here