‘ब्लाकस्पर्ट’ क्षेत्रमा सीसी क्यामरा जडानदेखि भित्री सडक व्यवस्थापनसम्म

0
15

झापा । जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाले दुर्घटना न्यूनीकरणका लागि नयाँ रणनीति अपनाएको छ ।
भारत पश्चिमवंगालसंग सिमा भएर बग्ने मेची पुलदेखि मोरङको सिमानामा रहेको मावा पुलसम्मको ५५ किलोमिटर राजमार्ग क्षेत्रमा पर्ने ‘दुर्घटना ग्रस्त क्षेत्र’को पहिचान गर्दै सडक सुरक्षाका लागि नयाँ रणनीति अपनाएको हो । सडक सुरक्षालाई ध्यानमा राख्दै राजमार्गमा सीसी क्यामेरा जडान लगायता काम गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।
सडक सुरक्षाका लागि सडक चुस्त राख्ने, सडकको दुबै तर्फ होडिङबोर्ड राख्ने, सडकमा जेब्रा क्रसलाई दुरुस्त राख्ने, नागरिकलाई सचेतना फैंलाउन विद्यालय र समुदाय स्तरमा कार्यक्रम गर्ने प्रहरी निरीक्षक न्यौपानेले बताए ।
दिनानुदिन सडकमा सवारीको चाप बढ्दै गएपछि दुर्घटना न्यूनीकरणका लागि सडकमा सीसी क्यामेरा अति आवश्यक रहेकाले त्यसको ब्यवस्थापन गर्ने प्रहरी निरक्षक न्यौपानेको भनाई छ ।सडक सुरक्षाका लागि यातायात व्यवस्था कार्यालय झापा, सडक डिभिजन कार्यालय झापा , विभिन्न स्थानीय तह तथा सामाजिक संघ संस्थासंग साझेदारी गर्दै अघि बढ्ने बताइएको छ । झपाका आठ ठाउँ सवारी दुर्घटनाका हिसावले अति संवेदनशील क्षेत्र रहेको र त्यसलाई ‘ब्लाकस्पर्ट’रहेको बताउँदै प्रहरी निरीक्षक न्यौपानेले त्यस्ता क्षेत्रमा सडक सुरक्षाका उपाय अपनाउने बताए ।
पूर्व पश्चिम राजमार्गको मेचीनगरपालिका – ६ को पालिया पुल, मेची नगरपालिकाको १३ नम्वरस्थित कालिझोडा, कनकाई नगरपालिका ३ को जुकेकल्भर्ट, शिवसताक्षी १० माइधार, शिवसताक्षी २ को धरमपुर चौक, कमल गाउँपालिका ३ को सानो केर्खा, कमल गाउँपालिका ५ को पाडाजुँगी र दमकको चियावगान एरिया बढी दुर्घटना क्षेत्रका रुपमा रहेकाले ति ठाउँलाई ‘ब्लाकस्पर्ट’ कायम गरिएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।
चाडपर्व नजिकिएसंगै सडक दुर्घटना बढ्न सक्ने भन्दै सडक सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी निरीक्षक न्यौपानेको भनाई छ । जसका लागि सडक सुरक्षामा केन्द्रीत भएर ट्राफिक प्रहरीले काम गर्ने उनको भनाई छ ।
प्रहरी निरीक्षक न्यौपानेले भित्री सडकमा समेत दुर्घटना बढेकाले त्यस्ता सडकलाई व्यवस्थापन गरिने बताए ।

मुक्ति चौक एरियालाई थप व्यवस्थित गरिने

सडकमा सवारीको चाप बढेसंगै बिर्तामोडस्थित मुक्ति चौक क्षेत्रलाई थप व्यवस्थित गरिने भएको छ । जसका लागि स्थानीय तह र विभिन्न संघ संस्थासंग समन्वय गर्दै मुक्ति चौकलाई ‘वानवे’ अवधारणामा लागिने प्रहरी निरीक्षक न्यौपानेले बताए । मुक्तिचौक उत्तर शनिश्चरे रोडबाटै कृषि थोक छिर्ने भित्री सडकलाई ‘वानवे’ ट्राफिक व्यवस्थापनलाई सहज बनाइने भएको छ । हिकोला हेरिटेडबाट पूर्व उत्तर कृषि थौक छिर्ने बाटोमा बाट प्रवेश मात्रै दिने र कृषि थोक भर्न आउनेलाई पश्चिम तर्फ शनिश्चरे रोड र पूर्व तर्फ कनकाई रोडबाट मात्रै निस्कने दिने गरीको तयारी गरिएको प्रहरी निरीक्षक न्यौपानेको भनाई छ ।

चालू आर्थिक वर्षमा १२ जनाले गुमाए ज्यान

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न उपाय अपनाएपनि झापाका सडकमा पूर्ण रुपमा दुर्घटना न्यूनीकरण हुन सकेको छैन । चालू अर्थिक वर्षको दुई महिनामा १२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा १४४ वटा सवारी सम्लग्न भएका छन् । ति सवारीमा सवार मध्ये १२ जनाको मृत्यु, १९ जना शक्त घाइते, १३२ जना सामान्य घाइते रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष झापाका सडकमा भएको दुर्घटनामा परी ११४ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा ११६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । विशेष गरी चाडपर्व र हिँउदको समयमा सडक दुर्घटनामा वढी हुने भएपछि ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि नयाँ रणनीति अपनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here